आर्थिक क्षेत्र विकास समितिमा विज्ञहरुको प्रतिनिधित्व गराउन काँग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आर्थिक क्षेत्र विकास समितिमा विज्ञहरुको प्रतिनिधित्व गराउन काँग्रेसको माग

udhyog samitee

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विशेष आर्थिक क्षेत्र विकास समितिमा विज्ञहरुलाई पनि अनिवार्य सहभागी गराउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सोमबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा कांग्रेस सांसदहरुले यस्तो माग गरेका हुन ।

बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विशेष आर्थिक क्षेत्र विकास समितिमा विज्ञहरु सहित मजदुर संघ, संगठनको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी काँग्रेसका अर्का सांसद भिमसेनदास प्रधानले स्थानीयसँग द्वन्द्व नहुने गरी विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारलाई सुझाव दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको निर्यात व्यापार वृद्धि हुने गरी कानुन बनाउने काममा सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले विशेष आर्थिक क्षेत्र विकास समितिमा विज्ञहरु पनि सहभागी गराउने कानुनी व्यवस्था गर्न सरकार तयार रहेको उल्लेख गरे ।

विधेयकमा बिशेष आर्थिक क्षेत्र बिकास समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष तथा सम्बन्धित मन्त्रालयका सहसचिव र उद्योगी व्यवसायीहरुको संस्थाबाट प्रतिनिधित्व गर्नेहरु सदस्य रहने प्रस्ताव गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);