अमेरिकी रक्षा राज्यमन्त्री फेल्टरद्वारा उपप्रधानमन्त्री पोखरेलसंग शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

अमेरिकी रक्षा राज्यमन्त्री फेल्टरद्वारा उपप्रधानमन्त्री पोखरेलसंग शिष्टाचार भेट

ishwor pokhrel

काठमाडौं, १३ फागुन । अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले सोमवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसंग गरेका छन् । शिष्टाचार भेटवार्ताका क्रममा उक्त प्रतिवद्धता जनाएका हुन् । उनले नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्दर्भका योजनालाई सहयोग पुर्याउन चाहेको र विगतको सहयोगी भूमिका लाई निरन्तरण दिने प्रतिवद्धता जनाएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलले जानकारी दिए ।

भेटमा दुई देश बीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा पनि छलफल भएको थियो । विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र सम्मृद्धिको अभियानलाई सहयोग गर्न उप प्रधानमन्त्री पोखरेलले फेल्टर संग आग्रह गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);