सिसिडोल भरियो, काठमाडौंको फोहोर फाल्ने ठाउँ अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिसिडोल भरियो, काठमाडौंको फोहोर फाल्ने ठाउँ अभाव

fohor

काठमाडौं, १३ फागुन । काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन ।

सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन ।

बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप ९कन्सेप्चुअल डिजाइन० आर्थिक वर्ष ०५८र५९ मै बनेको थियो । जापान सहयोग नियोग ९जाइका०ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, समयमा आयोजना नबन्दा ०७१ को डिपिआरअनुसार साइट निर्माणको लागत दुई अर्ब ४० करोड पुगिसकेको छ ।

के–के भयो, के बाँकी ?

बन्चरेडाँडामा साइटका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छ । प्राप्त १७९२ रोपनी जग्गामा तत्काल ल्यान्डफिलसाइट बनाउन सकिने समितिको प्रतिवेदनमा उल्लेख छ । तर, चलेटार क्षेत्रमा जग्गा अधिग्रहण, प्रवेश मार्ग अपग्रेड र डिपिआर तयार गर्न भने बाँकी छ । श्यामेखोल्सी क्षेत्रमा जग्गा प्राप्त भए पनि डिपिआर गर्न बाँकी छ भने सिठेगहिरो, चाँपेगहिरो, खाल्टेखेतमा जग्गा लिनै बाँकी छ ।

सडक विभागले सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गरिरहेको छ । बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माणको जिम्मा लिएको सहरी विकास मन्त्रालयले यो साता टेन्डर आह्वान गर्दै छ । ‘ड्यामको डिजाइन रिभ्यु गर्न बाँकी छ । सम्भवतः यो साताभित्र टेन्डर आह्वान हुन्छ,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भने । निर्माणको काम १८ देखि २० महिनाभित्र सक्ने लक्ष्य छ । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);