एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य

pararastra mantralaya

काठमाडौँ, १० फागुन । एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोड भन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ ।

उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । यसमा कमजोर ठहरिएका राजदूतलाई सीधै फिर्ता बोलाइनेछ ।

मुलुक अनुरुप कार्यादेशसहित जिम्मेवारमा गएका राजदूतको पदलाई आराम गर्न र केही रकम बचाएर मुलुक फर्कने प्रवृत्ति रोक्न परराष्ट्रले खबरदारी पनि गर्न थालेको छ । योगदानका आधारमा पुरस्कृत भएको र मस्तीका लागि पठाइएको रुपमा नलियोस् भन्नकै लागि परराष्ट्रले राजदूतको मूल्यांकन प्रक्रिया अपनाएको हो ।

प्रधानमन्त्री कार्यलयले परराष्ट्रलाई संयन्त्र खडा गरी राजदूतको निष्पक्ष मूल्यांकन गर्न निर्देशन दिएको छ । परराष्ट्रले दुई वर्षदेखि नै यस्तो अभ्यास थाले पनि चुस्त थिएन । यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);