राष्ट्रिय आवास कम्पनीलाई स्वायत्त रुपमा काम कारवाही अघि बढाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

राष्ट्रिय आवास कम्पनीलाई स्वायत्त रुपमा काम कारवाही अघि बढाउन निर्देशन

sahari bikash mantri rai

काठमाडौं, ९ फागुन ।  शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय आवास कम्पनीलाई स्वायत्त रुपमा काम कारवाही अघि बढाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री राईले स्थानीय र प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् । उनले जग्गाको वर्गिकरण र आवास निर्माण लगायतका काम गर्दा विनियावलिको सिमा र दायरामा रही काम गर्न पनि आग्रह गरे ।

मन्त्री राईले आवास निर्माणको दर बढाउँदै गर्दा गरिबि अर्थात् आवास विहिनको संख्या पनि घट्दै जानुपर्ने भन्दै आफ्ना कार्यक्रम तथा योजनालाई उपलब्धिमुलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);