नेप्सेले गर्‍यो सूचिकृत कम्पनीहरूको वर्गीकरण | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८१, शुक्रबार

नेप्सेले गर्‍यो सूचिकृत कम्पनीहरूको वर्गीकरण

nepal stock exchange

काठमाडौं, ९ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गरेको सूचिकृत कम्पनीहरूको वर्गिकरणमा क्लास ‘ए’ मा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक परेको छ । नेप्सेले चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अद्यावधिकका आधारमा नयाँ वर्गीकरण सार्वजनिक गरेको हो ।

यसमा सन्तोजनक नभएका कम्पनीहरुलाई नेप्सेले ‘ए’ र ‘बी’मा पर्नपर्ने कारण बुझाउन ३५ दिने अवधि दिएको थियो । त्यसमा दुई वाणिज्य बैंकको चित्त बुझ्ने कारण आएपछि क्लास ‘ए’ मा परेका हुन् । धितोपत्र बोर्डले साउन १ गतेदेखि धितोपत्र सूचिकरण तथा कारोबार नियमावली २०७५ लागू गरी सूचिकृत कम्पनीहरुको चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरेको छ ।

नेप्सेले क्लास ए, बी, जी र जेड गरी चार समूहमा २ सय २ सूचिकृत कम्पनीहरूको वर्गिकरण गरेको छ । सो वर्गिकरण अनुसार क्लास ‘बी’ मा कुनै पनि कम्पनी परेको छैन । क्लास ‘जी’ मा २८ कम्पनी र क्लास जेड मा १ सय ७४ कम्पनीहरू परेका छन् । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

नेप्सेले कम्तिमा चुक्तापूँजी रू. १ अर्ब भएको, सञ्चालन भएको तीन वर्ष पुरा भएको, तीन वर्षदेखि मुनाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङबाट औषत वा सो भन्दा माथिको रेटिङ पाएको, पुस मसान्तसम्म साधारण सभा सकेको, र नेप्सेमा सूचिकृत भएको २ वर्ष पुरा भएको कम्पनी ‘ए’ वर्गमा पर्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);