काठमाडौं, ८ फागुन । बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी धर्ना दिन गएका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार बढ्दो भ्रष्टाचारको विरोध गर्दै तुल ब्यानर र प्लेकार्ड सहित आयोगको कार्यालय टंगालमा धर्ना दिन गएका विवेकशील साझा पार्टीका ३० जना बढी नेताकार्यकर्ता प्रहरी नियन्त्रणमा परेका हुन् ।
शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विवेकशील साझाले भत्सर्ना गरेको छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न पनि पार्टीले माग गरेको छ ।
विवेकशील साझा पार्टीले फागुन १४ गते पुनः अख्तियारको कार्यालय अगाडि प्रदर्शन गर्ने जनाएको छ । धर्नामा सहभागीले आयोगले भ्रष्टाचारमा संलग्न ठूलामाछालाई समात्न नसकेको, वाइडबडी बिमान प्रकरणमा संलग्नलाई कारवाही गर्न नसकेको भन्दै धर्ना दिनुपरेको बताएका थिए ।