सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न संचार माध्यमलाई संचारमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न संचार माध्यमलाई संचारमन्त्रीकाे आग्रह

gokul baskota

राससले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन

काठमाडौं, ७ फागुन । संचार तथा सूचना प्रविधिमन्त्री गोकल बास्कोटाले संचार माध्यामहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारी संचार माध्यामले पनि सरकारको प्रशस्ती गाईरहन नपर्ने स्पष्ट पारेका छन् ।

संचार माध्यामहरुले कसैको विरोध वा समर्थनभन्दा पनि क्रियशनमा ध्यान दिनुपर्ने उनको भनाई छ । मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको संचार माध्यामप्रति आक्रोश पनि व्यक्त गरे ।

त्यस अवसरमा उनले राष्ट्रिय समाचार समितिलाई सत्यतथ्य समाचारको केन्द्र बन्न पनि सचेत गराए । राष्ट्रिय समाचार समितिले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको मन्त्री बास्कोटाको भनाई छ ।

कार्यक्रममा ‘राष्ट्रिय समाचार समिति (रासस) पत्रकारिता पुरस्कार’बाट राससका वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उपसमाचारदाता नीरजकुमार गौतमलाई सम्मान गरिएको थियो । राष्ट्रिय समाचार समितिले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारको राशी १० हजार रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);