क्यान्सर पत्ता नलगाउने क्यान्सर अस्पताल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

क्यान्सर पत्ता नलगाउने क्यान्सर अस्पताल

susil_koirala cancer hospital

काठमाडौं, ७ फागुन । नेपालगन्ज – मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौँ र भरतपुर रिफर गर्दै आएको छ ।

सामान्य बिरामी मात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सर रोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन् । अस्पतालका प्रमुख विश्वराज पौडेलले भने, ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जन शक्ति छैन ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);