काठमाडौं, ३ फागुन । सरकारको एक वर्षको कार्यकाल पूरा भएको छ । एक वर्षसम्ममा सरकारले आम जनतालाई के आश्वासन दिएको थियो र त्यो आश्वासन कति पूरा भएको पाए भन्ने कुराको लेखा-जोखा हुन थालेको छ । यसबीचमा प्रधानमन्त्रीको रोचक अभिव्यक्ति आएको छ । उनले दुई तिहाई बहुमत प्राप्त सरकार हो यसलाई कसैले पनि चलाउन सक्दैन भनेर भन्दै आएकोमा एउटा वाक्य थपेका छन् कि यो नौ महिनामा ढल्ने सरकार होइन भनेर । प्रधानमन्त्रिको यस अभिव्यक्तिको टिका टिप्पणी हुन थालेको छ । के सरकार खतरामा छ ? के सरकारले राम्रोसंग काम गर्न सकेको छ ? सरकारले ठूला ठूला आश्वासन दियो तर त्यो आश्वासन पूरा गर्न सरकारले कति कदम चाल्यो ? सरकारले कति समृद्धि प्राप्त गर्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थशास्त्री दीपेन्द्रवहादुर क्षेत्रीसंग गरेको कुराकानी हेर्नुहोस् :
सरकारलाई पार्टी भित्रैबाट ठूलो अप्ठ्यारो पर्दै छ : दीपेन्द्रवहादुर क्षेत्री (भिडियोसहित)
ताजा समाचार
रूकुमपूर्वमा फराकिलाे मतान्तरले प्रचण्डकाे अग्रता
११ मिनेट अघि
म्याग्दीमा महावीर पुनकाे अग्रता
५३ मिनेट अघि
मुस्ताङमा कांग्रेसका याेगेश गाैचन थकाली विजयी
१ घन्टा अघि




