बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य

school student

भद्रपुर, २ फागुन । मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो । अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन् ।

गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन् । किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ । ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ । अझ बढी पढाउने हो भने के होला !’

कचनकवलका झन्डै सात सय मुस्लिम परिवारको कथा यस्तै छ । यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन् । स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ । तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन । किन भने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन् । घरबाहिर निस्केर काम गर्न सक्दैनन् ।

छोराहरू पाँच–छ कक्षामै स्कुल छोडेर विदेश वा व्यवसायमा लाग्छन् । गाउँमा पढेका केटा छैनन् । छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी भेटिँदैन । त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्छ । याे समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);