एजेन्सी, २९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमवार राति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् । घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् ।
पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरे । तर खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै खेल बरावरीमा पु¥याएका हुन् ।
बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट ३९ तथा १६ औं स्थानमा उक्लिएको न्यूकासलको २५ अंक भएको छ ।