नेपालमा एचआइभी संक्रमणको दर घट्दो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेपालमा एचआइभी संक्रमणको दर घट्दो

hiv-condom diwas

काठमाडौं, २८ माघ । राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले नेपालमा एचआइभी संक्रमणको दर घटदै गएको जनाएको छ । विश्व कण्डम दिवसको पूर्वसंध्यमा सोमबार केन्द्रले गरेको पत्रकार सम्मेलनमा नेपालमा २००५मा शून्य दशम्लव ५५ प्रतिशतम रहेको एड्सको संक्रमण दर २०१७ मा आइपुग्दा शून्य दशम्लव १५ प्रतिशतमा झरेको जानकारी दिएको हो ।

केन्द्रका निर्देशक डाक्टर तारानाथ पोखरेलले विश्वभर एचआइभी एड्स तथा यौनजन्य रोगको संक्रमण सामाजिक तथा आर्थिक चुनौति बनिरहेका बेला नेपालमा संक्रमण घट्नुले नेपालीमा सचेतना बढेको देखाएको जानकारी दिए ।

उहाँले कन्डमको प्रयोगले एचआईभीको संक्रमण कम गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । सन् २०१७ को अन्त्यसम्म विश्वभर तीनकरोड ६९ लाख मानिसमा एच्आइभी संक्रमण भएको अनुमान गरिएको छ ।

नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमानित तथ्यांक छ । ती मध्ये पुरुष १९ हजार २० र महिला १२ हजार रहेको तथ्याङमा उल्लेख गरिएको छ । नेपालमा ७७ प्रतिशत एचआइभी संक्रमण बिनाकण्डम गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);