उपत्यकाका सात सम्पदा, विश्वसम्पदा सूचीबाट हट्ने उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

उपत्यकाका सात सम्पदा, विश्वसम्पदा सूचीबाट हट्ने उच्च जोखिममा

basantapur darbar

काठमाडौं, २७ माघ । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माणमा आवश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिँदा ती महत्वपूर्ण सम्पदाहरू उच्च जोखिमा परेका छन् । जसकारण विश्वसम्पदा सूचीबाटै हट्ने खतरा बढेको छ । पुनर्निर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।

यसरी, उच्च जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् । युनेस्कोले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर यी सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो । पछिल्लो समय पशुपतिनाथलगाायतका सम्पदामा पुनर्निर्माणका क्रममा आवश्यक मापदण्डलाई ख्याल नगरिँदा ती सम्पदा जोखिममा परेको पुरातत्व विभागले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार यसअघि समेत सन् २००७ मा अव्यवस्थित सहरीकरण तथा व्यवस्थापनमा देखिएको समन्वय अभावको कारण देखाई यसमा सुधार गर्न युनेस्कोले सुझाव दिएको थियो । सुधार नगरे विश्वसम्पदा सूचीबाटै हट्नेसम्मको चेतावनी युनेस्कोले दिएको थियो । अहिले पनि पशुपति क्षेत्रको पुनर्निर्माणमा मापदण्ड नबनाई मनलागी ढंगबाट निर्माण गर्न थालेपछि युनेस्कोले पुनः चेतावनी दिन सक्ने विभागका प्रवक्ता कुँवरले बताए ।

सर्वोच्च अदालतले पशुपति क्षेत्रमा कानुन तथा मापदण्डविपरीत भइरहेको निर्माण कार्य रोक्न भन्दै विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । तर, सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै निर्माण कार्यलाई निरन्तरता दिँदै आएको छ । आदेशलाई अवज्ञा गर्दै पशुपति क्षेत्र विकास कोषले भूकम्पबाट क्षतिग्रस्त विश्वरूपा मन्दिरको पुनर्निर्माणमा समेत बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्री प्रयोग गरी निर्माण जारी राखेको छ । कंंक्रिटको पिल्लर बनाउनका लागि मन्दिरको जगमै असर पर्ने गरी ५ फिट गहिरो पाँचवटा खाल्डो बनाइएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);