सगरमाथाको उचाई नापिने, सर्भे टोली पठाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सगरमाथाको उचाई नापिने, सर्भे टोली पठाउने तयारी

sagarmatha

काठमाडौं, २५ माघ । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनका लागि जिपिएस (ग्गोबल पोजिसनिङ सिस्टम) उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ ।

उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक कर्मचारी छनोट र तालिमका लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ । लाङटाङमा आरोहण अभ्यास सम्पन्न गरेर सर्भेयार टोली चैत्र पहिलो साता सगरमाथातर्फ प्रस्थान गर्नेछ ।

नापी विभागले सगरमाथा आरेहण गर्न चाहने इच्छुक १९ जना सर्भेयरहरुको नाम प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठान संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गन सञ्चालित छ । प्रतिष्ठानका सुचना अधिकृत अत्तमबाबु भट्टराईका अनुसार यीमध्ये पाँच जना सर्भेयर छनोट गरेर लाङटाङ हिमालमा अभ्यासका लागि पठाइनेछ । यो समाचार नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);