साढे ३३ किलो सुन धनी दुबईमा समातिए | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

साढे ३३ किलो सुन धनी दुबईमा समातिए

sun gold

काठमाडौं, २३ माघ । विदेशमा बसेर सुन तस्करीमा लागनाी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् ।

२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ ।

उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । यो समाचार आजको अन्नपूर्णमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);