काठमाडौं, २१ माघ । नेपाल यतिबेला भेनेजुएला प्रकरणको कारण चर्चाको शिखरमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफु बिरामी हुँदा एउटा वक्तव्य जारी गरे । भेनेजुएलाको सन्दर्भमा जारी गरेको वक्तव्यमा जसको पक्ष लिएर अध्यक्ष दाहालले वक्तव्य जारी गरेका थिए, त्यसैको सारलाई टेकेर सरकारले पनि दाहालसंग मिल्दो जुल्दो वक्तव्य जारी गर्यो । अमेरिका र नेपालकोबीच एक किसिमको रस्साकस्सी देखिएको छ । नेपालले भेनेजुएलाको सन्दर्भमा आफ्नो धारणा प्रस्ट पार्ने कोसिस गरिरहेको छ । अमेरिकाका लागि नेपाली राजदुत डा। अर्जुन कार्कीसंग सोधपुछ पनि गरिएको छ । नेपाल सरकारले पनि विभिन्न विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसंग आफ्नो धारणा स्पस्ट पार्न छलफल गरेको छ । वक्तव्य जारी गरेपछि सरकार अहिले एक खालको दुबिधामा देखिएको छ । यो दुबिधाको कारण के हो ? कुटनीतिक रुपमा हामी कति अब्बल छौ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ पत्रकार युवराज घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् :




