एनसेलले आजबाट ल्यायो गज्जबको डाटा प्याकेज | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

एनसेलले आजबाट ल्यायो गज्जबको डाटा प्याकेज

Ncell-logo

काठमाडौं, २१ माघ । एनसेलले आफ्ना ग्राहकहरुका लागि गज्जबको डाटा प्याकेज सोमबार (आज) बाट सुरु गरेको छ ।

ग्राहकहरुलाई सुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न यस्तो डाटा प्याकेज ल्याएको एनसेलले जनाएको छ । नयाँ योजना अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जीबी सम्मको बिभिन्न प्याकहरु सञ्चालन गर्न सक्नेछन् ।

गज्जबको डाटा प्याकेज माघ २१ गते देखि लागु हुने एनसेलले जनाएको छ । यो अफर सुचारु भएको दिनखेखि ९० दिनसम्म संचालन गर्न सकिने छ ।