काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारको सामु केहि चुनौतीहरु देखा परेका छन् । एउटा चुनौतीको रुपमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस देखा परेको छ । काँग्रेसले सदनमा केहि प्रश्नहरु उठाएको छ र त्यहाँ उसले आफ्ना असहमतिहरु राख्दै सदन अबरुद्ध पनि गर्दै आएको छ । त्यस असहमतिका पछाडीका केहि कारणहरु पनि सार्वजनिक भईसकेका छन् । त्यससंगै सरकार संचालन भईसकेपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले छिमेकी राष्ट्र र अलि परका राष्ट्रहरुसंगको सम्बन्ध सुदृढ भएको छ भनेर पटक पटक बताएका छन् । तर, पछिल्लो पटक भेनेजुएला प्रकरण देखि लिएर परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणसम्मको कुरालाई लिएर नेपाल सरकारले ति देशहरुसंग राम्रो सम्बन्ध राख्न सकेनन् कि भनेर विज्ञहरुले टिप्पणी गरिरहेका छन् । सरकारले यस विषयमा प्रति टिप्पणी भने गरेको छैन । ठूलो बाधा र विरोध नहुँदा पनि सरकारले किन राम्रो काम गर्न सकेन र भ्रष्टाचारको सम्बन्धमा सरकार जति खरो उत्रन पर्ने हो त्यो किन हुन सकेन ? प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र र हुन दिन्न भनिरहदा, नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलको निकालेको रिपोर्टमा खराब देशकै सुचिमा के कारणले पर्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले डा. सुन्दरमणि दिक्षितसँग गरेको कुराकानी हेर्नुहोस् :
डा. केसी यो व्यवस्था माथि प्रहार गर्दैछन्, बेडमा सुतेर राजनीति गर्न पाइदैन : डा.सुन्दरमणि दिक्षित (भिडियोसहित)
ताजा समाचार
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
१३ घन्टा अघि