विमास्थलमा सुनको जाँच गर्ने मेसिन चलाउने सुब्बाविरुद्ध १४ करोड भ्रष्टाचारकाे मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

विमास्थलमा सुनको जाँच गर्ने मेसिन चलाउने सुब्बाविरुद्ध १४ करोड भ्रष्टाचारकाे मुद्दा दायर

money

काठमाडौं, १६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन  चलाउने) हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको आरोपमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए । यो समाचार अन्नपूर्णमा छ ।