श्रवण देउवा
कैलाली, १५ माघ । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको गौशालामा पशुचौपाया स्याहार नभएपछि धमाधम मर्न थालेका छन् । घोडाघोडी नगरपालिका–८, को सिस्ने जङ्गलमा सामुदायिक पशु चौपाय व्यवस्थापनका लागि बनाएको गोठमा आहार र पानीको व्यवस्थापन हुन नसक्दा पशुचौपायाहरु मरिरहेका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको गौशालामा पशुचौपाया स्याहार नभएपछि धमाधम मर्न थालेका छन् । घोडाघोडी नगरपालिका–८, को सिस्ने जङ्गलमा सामुदायिक पशु चौपायको व्यवस्थापनका लागि बनाएको गोठमा आहार र पानीको व्यवस्थापन हुन नसक्दा पशुचौपायाहरु मरिरहेका हुन् ।
घोडाघोडी नगरपालिकाले पशु व्यवस्थापनका लागि ४ वटा गोठ सहित ५ जना हेरालु÷गोठाले समेत राखेको छ । तर, नगरपालिकाले आहार, पानीको व्यवस्थापन नगरिदिदा अहिलेसम्म १० वटा भन्दा वढी गाई मरिसकेको घोडाघोडी नगरपालिका–८ का अध्यक्ष भिमबहादुर बोगटीले बताए । उनले यसको विषयमा नगरपालिकाको बैठकमा पटक–पटक कुरा उठाएपनि पनि आफुनो कुरालाई कसैले वास्ता नगरेको बताए ।
यता, जिउँदै पशु पार्ने व्यवहार देखाउने नगरपालिकाले पनि यो घट्नालाई अझै गम्भिर रुपले लिएको छैन । घोडाघोडी नगरपालिकाका मेयर मामताप्रसाद चौधरीले पशुचौपायलाई राम्रो संग स्याहार्न नसकेको कारण मरेको भन्दै पन्सिदै आएका छन् ।
यसरी राष्ट्रिय जनावर गाईलाई संरक्षण गर्न नसकेको भन्दै घोडाघोडी नगरपालिका प्रति नगरवासीहरु समेत अहिले आक्रोसित भएका छन् । विकासका ठुला–ठुला कुरा गर्ने नगरपालिकाले बोल्न, अभिव्यक्त गर्न नसक्ने यी पशुलाई खान नदिएर मारेको भन्दै उनीहरु आक्रोसित भएका हुन् । उनीहरुले यो पशु व्यवस्थापन केन्द्रको तुरुन्तै व्यवस्थापन गर्न समेत माग गरेका छन् ।