संसदीय समितिको छलफल सांसदबाट फेसबुक लाइभ गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

संसदीय समितिको छलफल सांसदबाट फेसबुक लाइभ गरेपछि…

samsadh

काठमाडौं, १४ माघ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।

बैठक सञ्चालन भएको केही समयपछि समिति सभापति शशी श्रेष्ठले समिति सदस्यले भिडियो खिच्न नपाउँने भन्दै त्यसलाई हटाउन आदेश दिएकी थिइन्।

सभापति श्रेष्ठले सो आदेश दिएपछि सांसद साहले पत्रकारले भिडियो खिच्न हुने हामीले नहुने भन्ने जवाफ दिँदै त्यसलाई हटाएका थिए। ‘पत्रकारले मात्र पाउँछन् तपाईंले पाउनुहुन्न माननीयज्यू, त्यसलाई हटाउनुस्,’ समितिको मर्यादा कायम गर्नुस्,’ सभापति श्रेष्ठले भनिन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);