कांग्रेसले माघ २१ गते ७७ जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

कांग्रेसले माघ २१ गते ७७ जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने

congress

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले माघ २१ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकले आगामी २१ गते सोमबार देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै काँग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । प्रवक्ता शर्माले डा. केसीको जीवन रक्षाका लागि पहल गर्न पनि सरकारलाई सचेत गराइएको बताए ।

उनले विमानस्थलबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीलाई दिएको जवाफ गैर जिम्मेवारी भएको टिप्पणी गर्दै आपत्ति जनाए । काँग्रेसले व्यक्तिको स्वतन्त्रताको हकलाई समेत प्रधानमन्त्री ओलीले सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);