जसलाई ६ अभियोग लागे पनि पछुतो छैन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

जसलाई ६ अभियोग लागे पनि पछुतो छैन

jail

काठमाडौं, ११ माघ । काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । यो समाचार  आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर जबरजस्ती करणी बाहेक अन्य अभियोगलाई सहजै स्वीकार छन् उनी ।

सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएका हुन् ।