काठमाडौं, १० माघ । नेपाली काँग्रेस सदनमा अवरुद्ध गरिरहेको छ । काँग्रेसले रोष्टम घेराउ गर्यो र रोष्टम घेराउ गर्दा सत्ता पक्षले चिकित्सा शिक्षा विधेयकपेश गर्न पोडियमतर्फ अघि बढेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कांग्रेस सांसदले घेरामा पारेका थिए । अब यो विषय सदनमा मात्रै बहसको विषय बनिरहेको छैन । यो विषय सडकमा र अन्यत्र पनि बहसको विषय बनिरहेको छ । काँग्रेसले सदन घेराउ गरिसकेपछि पनि किन सत्ता पक्षले बल-जफती सदन चलाउन खोज्यो भनेर प्रश्न पनि उठिरहेको छ । संगै नेपाली काँग्रेसले सदन घेरेर के साबित गर्न खोजेको हो भनेर पनि बहस भईरहेको छ । सत्ता पक्ष र विपक्षबीच सदनमा भईरहेको घमासानको नतिजा कस्तो आउँछ ? हिजोको जस्तै कम्युनिष्ट र काँग्रेसकोबीचमा प्रतिस्पर्धात्मक होइन अब द्वन्दात्मक सम्बन्ध त देखा पर्न थालेको छैन ? सरकारलाई लिएर काँग्रेसले बनाएको ताजा धारणा के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहसँग गरेको कुराकानी हेर्नुहोस् :




