गुठीको जग्गा मुठीमा, माफियाले गायब भनाए अर्बाैँका जमिन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

गुठीको जग्गा मुठीमा, माफियाले गायब भनाए अर्बाैँका जमिन

jagga

जनकपुर, ९ माघ ।  हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् ।

मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर र पोखरीको सहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य छेकेका छन् । जनकपुरलाई कुरूप बनाएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गुठीको जमिन थुप्रै अतिक्रमित स्वीकार्दै अनधिकृत अतिक्रमण गर्नेलाई तत्कालै खाली गर्न आह्वान गरेको बताए । यो समाचार आजको अन्नपूर्णबाट लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);