छाया सरकारमा विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मको दाबी | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

छाया सरकारमा विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मको दाबी

binod

काठमाडौं, ८ माघ । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् ।

पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदारी पेस गरेका हुन् । प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् ।

२४ पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छाया मन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वमन्त्री, उद्योगी र व्यापारी पृष्ठभूमिका सांसदले मन्त्रीमा इच्छा जनाएका छन् । कांग्रेसले संसदीय दलको कार्यालय सिंहदबार र संसद् भवन बानेश्वरमा छाया मन्त्रीका लागि नाम टिपाउन फारम राखेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);