बराहक्षेत्रमा अर्धकुम्भ मेलाको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बराहक्षेत्रमा अर्धकुम्भ मेलाको तयारी अन्तिम चरणमा

सुनसरी, ७ माघ । सुनसरी जिल्लाको बराहक्षेत्रमा अर्धकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला आयोजक समितीले सोमवार प्रत्रकार सम्मेलनको आयोजना गरी अर्धकुम्भ मेलाको तयारीबारे जानकारी दिएको हो ।

मेला संयोजक नरेश नेपालले नेपाल सहित भारतका विभिन्न ठाउँबाट ठुलो संख्यामा दर्शनार्थीहरु आउने जानकारी दिए । उनले सर्वसाधरणलाई सहज ढंगले दर्शन गर्न र अन्य सुरक्षा लगायतका सबै तयारी पुरा भएको बताए ।

मेला चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म सुनसरीको बराहक्षेत्र नगरपालिका–१, चतरामा संचालन हुने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);