दूरसञ्चार प्राधिकरणमा परामर्शका नाममा जथाभावी करोडौँ खर्च | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

दूरसञ्चार प्राधिकरणमा परामर्शका नाममा जथाभावी करोडौँ खर्च

nepal-dursanchar-pradhikara

काठमाडौं, ६ माघ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रुपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्राधिकरणबाट भएका कामको अध्ययन गरी सुझाव पेस गर्न गठित पूर्वसहसचिव सूर्य राउत नेतृत्वको समितिले प्रतिवेदनले समेत परामर्श सेवामा अनावश्यक रुपमा खर्च गरिएको निष्कर्ष निकालेको छ ।

प्राधिकरणमा नभएको विशेषज्ञदाताका लागि परामर्श दातृ सेवा लिनु मनासिब देखिए पनि कर्मचारी विशेषज्ञबाटै हुन सक्ने काम कर्मचारीबाटै सम्पादन गराउन प्रतिवेदनले सरकारलाई सुझावसमेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);