कोपा डेल रे : रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश, एट्लेटिको मड्रिड बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

कोपा डेल रे : रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश, एट्लेटिको मड्रिड बाहिरियो

copa re

काठमाडौं, ३ माघ । स्पेनीस फुटबल प्रतियोगिता ‘कोपा डेल रे’ मा रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश गर्दा एट्लेटिको मड्रिड भने बाहिरिएको छ ।

गएराति भएको प्रि क्वाटरफाइनलको दोस्रो खेलमा जिरोनासँग ३–३ गोलको बराबरी खेलेपछि एट्लेटिको मड्रिड प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि जिरोनाको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । समग्रमा ४–४ गोलको बराबरी भएपछि जिरोना अवे गोलको आधारमा क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

कोपा डेल रे कै अर्को खेलमा रियाल मड्रिड लेगानेजसँग १–० ले पराजित भएको छ । तर पहिलो लेगमा हात पारेको ३–० को जितका कारण उसले हारपछि पनि क्वाटरफाइनलमा स्थान बनायो । गएराती भएको अर्को खेलमा एट्लेटिक विल्बाओलाई ३–२ ले हराउदै सेभिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);