नयाँ मर्यादाक्रममा जनप्रतिनिधि हाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

नयाँ मर्यादाक्रममा जनप्रतिनिधि हाबी

pm offc

काठमाडौं, ३ माघ । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ ।

प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष
सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ ।

पाँचौँ नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यसअघि पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैटौँमा थिए भने पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सातौँमा थिए ।

प्रदेश प्रमुखको दुईवटा वरीयता
प्रदेश प्रमुखको मर्यादाक्रमम प्रदेशभित्रै छैटौँ र प्रदेशबाहिर सातौँ तोकिएको छ । यसअघि प्रदेश प्रमुखको वरीयता सातौँ नम्बरमा थियो । प्रदेश सरकारका मुख्यमन्त्रीको बरीयता भने तलमाथि गरिएको छैन । पहिलेझँै मुख्यमन्त्रीको वरीयता सातौँ नै कायम गरिएको छ ।

मुख्यसचिवभन्दा प्रदेश सभामुख अगाडि
प्रदेश सभामुखलाई आठाँै नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ । यसअघि प्रदेश सभामुख १०औँ र मुख्यसचिव नवौँ वरीयतामा थिए । प्रदेश उपसभामुखलाई नवौँ वरीयतामा राखिएको छ । प्रदेशका मुख्यसचिव १२औँ वरीयतामा छन् । यसअघि ११औँ वरीयतामा थिए । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद र प्रदेशका मन्त्रीलाई १०औँ वरीयतामा राखिएको छ ।

काठमाडौं र अन्य महानगरका मेयरको वरीयता अन्तर
१५औँ वरीयताबाट महानगरपालिकाको मेयरलाई १०औँमा ल्याइएको छ । तर, काठमाडौं महानगरपालिाकाका मेयरलाई भने नवौँ वरीयता दिइएको छ । यसअघि १५औँँ वरीयतामा रहेका जिसस प्रमुखलाई १०औँमा ल्याइएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।