लोकतन्त्र प्राप्ति पछि पनि मुलुकको अवस्थामा परिवर्तन आएन : पूर्व राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

लोकतन्त्र प्राप्ति पछि पनि मुलुकको अवस्थामा परिवर्तन आएन : पूर्व राष्ट्रपति

rambaran-yadav

काठमाडौं, २८ पुस । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्र प्राप्ति पछि पनि मुलुकको अवस्था कुनै परिवर्तन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नाईटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६ आैं बार्षिकोत्सव समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति यादवले शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा अपेक्षाकृत सुधार आउन नसक्दा आफु दुखि बनेको बताए ।

भ्रष्ट्राचार, वेरोजगारी, महिला हिंसा लगायतका घटनामा कमि आउन नसकेको तथा मुलुकभर विकासको नाममा विनास हुने काम भईरहेको भन्दै उनले त्यसतर्फ सरकार र सरकारमा सहभागी जनप्रतिनिधिहरु गम्भीर बन्नुपर्ने आवश्यकता औल्याए ।

तीनै तहको निर्वाचन भई सरकारहरु बनेकाले संविधान कार्यान्वय भईसकेको तथा दुई तिहाईको स्थिर सरकार बनेकाले लोकतन्त्रमाथि खतरा भने नरहेको उनले उल्लेख गरे । यद्यपी उनले स्थिर सरकारको समयमा पनि मुलुकमा शुसासन कायम हुन नसकेको गुनासो गरे ।

मुलुकभरका ८० प्रतिशत सार्वजनिक विद्यालयको अवस्था अहिलेपनि उस्तै रहेको भन्दै उनले ती स्कुलको गुणस्तर वृद्धिलाई सबै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनँले उच्च शिक्षाका लागि अझै पनि युवाहरु विदेशीने क्रम नरोकिएकाले सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै स्वदेशमै अन्तर्राष्ट्रिस्तरको अध्ययन सहज र सुलभ बनाउनका लागि संचारमाध्यमले पनि प्रभावकारी भुमिका खेल्नुपर्ने बताए ।

लामो संघर्ष पछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले सबै मिलेर त्यसको संरक्षण गर्दै जनताले अनुभूत गर्ने गरि मुलुकमा शान्ति र समृद्धि कायम गर्नुपर्नेमा उनले जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);