धनगढी, २६ पुस । निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ ।
शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो/होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।
निर्मलाका आमा र आफन्तको आग्रहमा रगतको नमुना लिएर भेजाइनल स्वाब निर्मलाको भएको÷नभएको जाँच्न प्रहरी मन्जुर भएको हो। ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुप¥यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमुना संकलन गरेका हौं,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने।