फोहोर मैला नउठाउने कर्मचारीमाथि कडा कार्वाही गर्ने विद्यासुन्दरको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

फोहोर मैला नउठाउने कर्मचारीमाथि कडा कार्वाही गर्ने विद्यासुन्दरको चेतावनी

काठमाडौं, २५ पुस । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर मैला नउठाउने कर्मचारीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मेयर शाक्यले फोहोर उठाउने कर्मचारीहरुले सहमति विपरित फेरी काम अवरुद्ध पार्न सुरु गरेको उल्लेख गर्दै उनीहरुमाथि कडा कार्वाही गर्ने बताए ।

बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा बोल्दै उनले फोहोर उठाउने अभियानमा साथ दिन नेपाल प्रहरीलाई पनि आग्रह गरे । फोहोर उठाउने कर्मचारीहरुले फोहोर व्यवस्थापन नगरेर खाली दुःख मात्रै दिने गरेकोमा मेयर शाक्यको आपत्ति छ ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सफा बनाउने अभियानमा साथ दिन पनि सबैलाई आह्वान गरे । सबैको सामूहिक प्रयासबाट मात्रै महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सकिने मेयर शाक्यको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);