सरकारले मर्करी व्यवस्थापन गर्न ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

सरकारले मर्करी व्यवस्थापन गर्न ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने

mina mata sandhi

काठमाडौं, २४ पुस । सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओलीले मानव स्वास्थ्य तथा वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’ छिट्टै अनुमोदन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले सो रसायनको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्दै आएको पनि जानकारी दिए ।

कार्यक्रममा विज्ञहरुले नेपालमा विषाधि मर्करी रसायनको प्रयोग बढदै गएको उल्लेख गर्दै त्यसले सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भिर असर पारिरहेको औंल्याएको थिए । नेपालले सन् २०१३ मा मर्करी जस्ता विषाधि रसायनको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै ‘मिना माता महासन्धि’मा हस्ताक्षर गरेको थियो ।