सरकारले तोकेको मुल्यमा मिलले उखु नकिनेपछि किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले तोकेको मुल्यमा मिलले उखु नकिनेपछि किसान चिन्तित

२२ पुस । नेपाल सरकारले हालै मात्र सार्वजनिक गरेको उखुको दररेट अनुसार कञ्चनपुरका किसानहरूले उखुको मूल्य पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशकै एकमात्र ठुलो चिनी मिल भागेश्वर चिनी मिलले सरकारी दर अनुसारको मूल्य दिन नसके पछि किसानहरू मर्कामा परेका हुन ।

सुदूरपश्चिम प्रदेशका संचार तथा सूचना प्रविधी मन्त्रालयले गत बिहीवार मात्र उखुको समर्थन मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । त्यसमा परल मुल्य प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा र नगद अनुदान प्रतिक्विटल ६५ रुपैयाँ २८ पैसा छ ।

तर, कञ्चनपुर स्थित भागेश्वर सुगर मिलका प्रबन्ध निर्देशक डम्बर खड्काले सरकारले तोके अनुसार मुल्य दिन नसकिने बताएका छन् ।

यता, पार्सा, सिराहा र धनुषाका किसानले पनि सरकारले तोकेको अनुसार मुल्य पाउन सकेका छैनन् । सरकारले तोकेको दर रेट अनुसारको मुल्य नपाउँदा उख नै बारी मै कुहिन थालेको छ ।

यसरी आफ्नो दैनिक खर्च देखि छोराछोरीको पनि पढाई खर्च धान्ने प्रमुख पेशा उखुको मुल्य नपाएपछि अहिले देशैभरका किसानहरु चिन्तित छन् । उखु बेचे पनि समयमा पैसा नपाउने समस्या भोग्दै आएका नेपालका उखु उत्पादकहरुहरु समय अनुसारको मुल्य नपाएपछि अहिले थप समस्या र चिन्तामा छन् ।

कञ्चनपुरबाट किशोर तामाङ, धनुषाबाट बटुकनाथ झा र सिराहाबाट सुरेन्द्र कामती

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);