गाई काटेको अभियोगमा पोखराका आचार्य पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

पोखरा, १४ भदौ । गाई काटेको अभियोगमा पोखरामा तीन जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका–२२ पुम्दीभुम्दी तारेभिरस्थित दुर्गा निमाबिको पछाडी जंगलमा गाई काटेको अभियोगमा तारेभिर बस्ने ३१ वर्षीय बुद्धिबहादुर आचार्य, ४६ वर्षीय पूर्णबहादुर नेपाली र उनको छोरा १५ वर्षीय दिपक नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

 

सो ठाउँमा गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले आचार्यको घरबाट १ किलो गाईको मासु र गाई काटेको स्थानबाट गाईको छाला फेला पारेपछि उक्त कार्यमा संलग्न उनीहरु ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);