काठमाडौं, २१ पुस । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजनीतिक परिवर्तन मात्रै नभई आर्थिक परिवर्तनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्मा सरकार अघि बढेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई एकसाथ अघि बढाउने गरि सरकार अघि बढेको बताए । आर्थिक रुपान्तरणमा मुलुकको सम्वृद्धि र जनताको सुख जोडिएकाले सरकार समाजशास्त्रीय र अर्थशास्त्रीय दुवै दृष्टिले सही भएको उनको भनाइ थियो ।
राष्ट्रिय स्वाभिमानका साथ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यमा सरकार अघि बढेको भन्दै उनले त्यसका लागि आवश्यक राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रसंग सहकार्य गरिने बताए । उनले जनताको अभिमतबाट नै दुई तिहाई सरकार बनेकाले सरकारलाई विश्वास गर्न आग्रह गरे ।