इमान्दार पूर्वक न्याय सम्पादन गरेकाले महाअभियोग लाग्यो : सुशिला | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

इमान्दार पूर्वक न्याय सम्पादन गरेकाले महाअभियोग लाग्यो : सुशिला

काठमाडौं, १३ भदौ । पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले न्याय सम्पादनमा इमान्दार प्रयास गरेकै कारण आफूमाथि महाअभियोग लगाइएको बताएकी छन् ।

 

पूर्व प्रधानन्यायाधिश कार्कीले सत्ता नजिक रहेकाहरुले इमान्दार न्यायाधिशहरुलाई सेवाबाटै बञ्चित गराउने गरेको बताईन् । पत्रकार हरिबहादुर थापाद्धारा लिखित ‘रजगज’ नामक पुस्तकको मंगलबार काठमाडौंमा विमोचन गर्दै उनले महाअभियोगको सामना गर्नु परेपनि आफूलाई दुःख भने नलागेको बताइन् ।

 

पूर्व प्रधानन्यायाधिश कार्कीले न्याय क्षेत्रमा घुस खान्न भन्नेहरुलाई पाखा लगाउने कोसिस पटक–पटक हुने गरेको बताइन् । पूर्व प्रधानन्यायाधिश कार्कीले निष्ठाका साथ काम गर्ने वातावरण न्यायालयमा नरहेको स्मरण गरेकी छन् ।

 

राजनीतिदेखि न्यायालयसम्म भ्रष्टाचार मौलाउँदै गएकाले पढे लेखेका समुदाय र नागरिक समाजले डटेर विरोध गर्नुपर्नेमा उनले जोड दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);