पाठ्यपुस्तक समयमै नपाउने निश्चित, ४७ प्रतिशत छाप्नै बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाठ्यपुस्तक समयमै नपाउने निश्चित, ४७ प्रतिशत छाप्नै बाँकी

pathyapustak

काठमाडौं, २१ पुस । आगामी शैक्षिक सत्रमा पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने निश्चितप्रायः छ ।  शैक्षिक सत्र सुरु हुन तीन महिना बाँकी रहँदा पनि पाठ्यक्रम विकास केन्द्रले अझै पाठ्यपुस्तक छाप्न सम्बन्धित सूचीकृत संस्थालाई अख्तियारी दिएको छैन ।
नयाँ शैक्षिक सत्र सुरु हुन केही महिना मात्र बाँकी हुँदासमेत प्रक्रिया अघि नबढेपछि विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुग्ने अवस्था देखिएको हो ।

३ करोड ५ लाख थान पाठ्यपुस्तकमध्ये १ करोड ४५ लाख थान छापिसकिएको छ । अझै १ करोड ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको देखिन्छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ देखि ४ सम्म छापिनुपर्ने ७० लाख पाठ्यपुस्तक छाप्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन । पाठ्यपुस्तकको नेपाली विषयमा वर्णविन्यास मिलाउनुपर्ने र नीतिगत निर्णय ढिलो हुँदा प्रक्रिया अघि नबढेको बताइएको छ ।

गत वर्ष यो प्रक्रिया पुस पहिलो सातामै सकिएको थियो । त्यति हँुदा पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका थिएनन् ।  गत वर्ष निजी प्रकाशकले १० माघभित्र हिमाली जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेका थिए । यसपटक असम्भव देखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि निजी प्रकाशकलाई कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइ गर्न दिने निर्णय गरेको थियो ।  पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार सम्भवतः आगामी सोमबारदेखि पाठ्यपुस्तक छपाइको काम सुरु हुनेछ । केन्द्रले छपाइको काम अघि बढाउन २ पुसमा सार्वजनिक सूचना आह्वान गरेको थियो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);