अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी पुनः चयन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी पुनः चयन

nancy pelosi

एजेन्सी, २० पुस । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’को सभामुखमा डेमोक्रयाटिक पार्टीकी न्यान्सी पेलोसी पुनः चयन भएकी छिन् । राष्ट्रपति डोनल्ड ट्रम्प विरोधी प्रखर वक्ता पेलोसीलाई तल्लो सदनले सभामुखमा चयन गरेको हो ।

क्यालिफोर्निया राज्यबाट डेमोक्याट्रिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुई पटक सभामुख भइसकेकी छिन् । अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लिकन पार्टीले बहुमत गुमाएको थियो ।

सभामुखमा चयन भएपछि पेलोसीले सदन र सरकारलाई जिम्मेवार बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएकी छिन् । उनले प्रगतिशील एजेन्डालाई अघि बढाउँदै राष्ट्रपति ट्रम्पले गरेका कतिपय अलोकप्रिय निर्णयलाई रोक्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);