काठमाडौं, १९ पुस । ‘लुट’बाट चर्चामा रहेका निर्देशक निश्चल बस्नेत पछिल्ला केही बर्षयता अभिनयमा व्यस्त छन् । गतबर्ष निश्चल अभिनीत २ रुपैयाँ रिलिज भयो । जुन व्यावसायिक हिसाबले सफल भयो ।
त्यस्तै, यो पर्छ निश्चल अभिनीत ‘प्रसाद’ रिलिज भयो । जुन अझै केही हलमा प्रदर्शन भइरहेको छ । यता अभिनेत्री स्वस्तिमा खड्का एकपछि अर्को गर्दै नयाँ चलचित्रमा काम गरिरहेकी छिन् । हाल विकास राज आचार्यको निर्देशन रहेको ‘हजारजुनि सम्म’को छायाङ्कन व्यस्त छिन् स्वस्तिमा । निश्चल र स्वस्तिमाको जोडी सिने नगरीमा हिट छ ।
‘घामट शेरे’ नाम रहेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दैछन् । बुझिएअनुसार यो चलचित्रको लागी निश्चल फाइनल भइसकेका छन् । उनले २० लाख पारिश्रमिक समेत लिएको चर्चा चल्न थालेको छ । यता स्वस्तिमासँग पनि मौखिकरुपमा कुरा भइसकेको र लिखित सम्झौता गर्न बाँकी रहेको बताइएको छ ।
हाल चलचित्रको छायाँकनमा व्यस्त रहेकी स्वस्तिमा काँठमाडौँ आएपछि चलचित्र साइन गर्ने बुझिएको छ । यो चलचित्रको छायाङ्कन माघको पहिलो साता हुनेछ भने निर्माण टिमले अर्को बर्षको बैशाखमा चलचित्र रिलिज गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय दाई–भाउजुको रुपमा समेत चर्चित रहेका निश्चल र स्वस्तिमाको जोडीलाई ठुलोपर्दामा एकसाथ कस्तो देखिने हाे, दर्शकमा कौहतुहता पक्कै थपिएको छ ।