नयाँ प्रधानन्यायाधीश राणाले खोसे जोशीको पेसी | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

नयाँ प्रधानन्यायाधीश राणाले खोसे जोशीको पेसी

cholendra

काठमाडौं, १९ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मुलुकको २१ औँ प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए । तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन् ।