विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाहीको माग राख्दै आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाहीको माग राख्दै आन्दोलन

श्याम गुप्ता

बारा, १७ पुस । गत जेठ २२ गते बारा जीतपुरका ललन प्रसाद गुप्ताको ९ वर्षीय छोरा अंकित गुप्ताको हत्या भयो । अपहरणकारीबाट छोरा छुटाउन ललनले १ करोड तीन लाख २० हजार रुपैयाँ फिरौती बुझाए पनि अपहरणकारीहरुले उनको छोराको ज्यान लिए ।

त्यसैगरी, २०७२ साल फागुन महिनामा पनि कलैयाकी पुजा साहको पनि बलात्कार पछि हत्या गरियो । पुजाको हत्याको बिरोधमा कलैया बासीले लामो आन्दोलन पछि स्थानीय २८ वर्षीय कन्हैया गुप्तालाई प्रहरीले पक्राउ गर्यो ।

यी त उदाहरण मात्र हुन् । बारामा यस्ता, साना र फाट–फुट् अपहरणका घट्ना भोगिरहेका स्थानीयले अहिले फेरी पर्साका १३ वर्षीय बालक अजय कुमार मण्डलको मृत्युले सवैलाई चकित पारेको छ ।

कलैया उपमहानगरपालिका–१, नमुना निम्न माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत मण्डलको पुष ९ गते आकस्मिक मृत्यु भएपछि स्थानीयहरु चकित भएका हुन् । परिवारले विद्यालयका शिक्षकको कुटपिटबाट अजयको मृत्यु भएको आरोप लगाएका छन् ।

यता, कलैया स्थित नमुना निम्न माध्यमिक विद्यालय पनि अजयलाई तर्साउने हिसावले कुटपिट गरिएको स्वीकारेको छ । निमाविका प्रधानाध्यापक सुकदेव यादवले शिक्षक सोनालाल यादव र छात्रासँग आन्तरिक विषयलाई लिएर केही विद्यार्थीहरुले जिस्काउने गरेको र पछि बुझदै जाँदा अजयको नाम आए पछि शिक्षक सोनालालले कुटेको बताए ।

तर, यता मृत्युक अजयका साथी दिपेन्द्र मण्डलले प्रधानाध्यापको भनाई भन्दा फरक प्रतिक्रिया दिएका छन् । उनले कुटपिट गर्ने सोनालालले अजयलाई हात र लठिले पिटेको तथा टाउको भित्तामा ठोकाएको समेत बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कलैया बाराले भने घट्नाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बालकलाई कुट्ने शिक्षक अहिले फरार रहेको र यसको विषयमा सुक्ष्म रुपमा अनुसन्धान भईरहेको बताए ।

यसरी बाराको एउटा गरिब मण्डल परिवार छोराको न्यायाको पखाईमा छ । यो परिवारको भरथेगको आशा गरिएको अजयलाई कुट्ने शिक्षकलाई कारबाही र न्याया दिलाई दिन स्थानीयले सरकारसंग समेत माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);