प्रधानमन्त्री ओलीद्वारा बालबालिकासंग अन्तरक्रिया | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा बालबालिकासंग अन्तरक्रिया

kp oli

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् ।

त्यस क्रममा उनले नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री अ‍ेलीले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता व्यक्त गए ।

उनले मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिन पनि बालबालिकालाई आग्रह गरे । बालबालिकाहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई सहज रुपमा शिक्षा दिने व्यवस्था गर्न सरकारले सामूदायिक विद्यालयहरुको गुणस्तरमा जोड दिएको उल्लेख गरे ।