शून्य डिग्री सेल्सियसमा जलवायु सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शून्य डिग्री सेल्सियसमा जलवायु सम्मेलन

chiso

काठमाडौं, १७ पुस । मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शून्य डिग्री सेल्सियस तापक्रममा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायबारे दुई दर्जनभन्दा बढी विषयविज्ञले कार्यपत्र पेस गर्नेछन् ।

जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभूत गर्दै देशभरिका जनप्रतिनिधिले ती कार्यपत्रमा बहस गर्नेछन् । सोमबार देशभरका जनप्रतिनिधिसँगै स्थानीय बासिन्दाको पनि घुइँचो लाग्यो, गुफाडाँडामा ।

दोर्जी लाक्पा हिमशृंखलाको सन्मुखमा रहेको यो स्थानमा लामाहरूले ध्यान गर्न गुफा बसेकाले कालान्तरमा गुफाडाँडा नाम रहेको स्थानीय बासिन्दाले बताए ।

केही वर्षयता पुसमा हिउँ परेको छैन यहाँ । नजिकै रहेको दोर्जी लाक्पा हिमशृंखलामा पनि हिउँ पात्लिएको छ । जलवायु परिवर्तनको असरले हिमशृंखला पनि कालोपत्थरजस्तै देखिन्छ ।

यस्तो दृश्य हेर्दै जलवायुको असरबारे छलफल गर्न ७७ वटै जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजक गुफाडाँडा पुगेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);