आँखा अस्पताललाई जापान सरकारकाे ९० लाख ५० हजार सहयोग | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

आँखा अस्पताललाई जापान सरकारकाे ९० लाख ५० हजार सहयोग

उदयपुर, १६ पुस । उदयपुर सदरमुकाम गाईघाटमा निर्माणाधीन आँखा अस्पताललाई सुविधा सम्पन्न बनाउन जापान सरकारले ९० लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपालका लागि जापानी राजदुत मासामिची साइगो र नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतबीच रकम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्राप्त रकमले निर्माणाधिन भवनलाई थप सुविधा सम्पन्न बनाइने अध्यक्ष राउतले जानकारी दिए ।

२०६५ सालदेखि उदयपुर जिल्लाका साथै खोटाङ, ओखलढुंगा र भोजपुर जिल्लाका आँखाका रोगीको प्राथमिक उपचार गर्दै आएको आँखा अस्पतालमा भवन निर्माण सम्पन्न भएपछि अप्रेसनको समेत सेवा सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);