समाजिक सुरक्षा कार्यक्रममा सहयोग गर्न श्रमिक संगठनलाई मन्त्री विष्टको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

समाजिक सुरक्षा कार्यक्रममा सहयोग गर्न श्रमिक संगठनलाई मन्त्री विष्टको आह्वान

काठमाडौं, १३ पुस । सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै उनले सो कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक नियमावली, निर्देशिका र कार्यविधि तयार पारिरहेको बताए ।

योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको दावी गरे ।

मन्त्री विष्टले श्रमिकहरुको हक, हितको उचित व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए । श्रमिक, रोजगारदाता कम्पनी र सरकार तीनै पक्षबीचको संयुक्त छलफलबाट श्रमिकहरुको श्रमको सम्मान गर्ने मन्त्री विष्टको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);