चिसोका कारण दुई वृद्धाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

चिसोका कारण दुई वृद्धाको मृत्यु

death body

काठमाडौं, १२ पुस । विगत केही दिन देखिको चिसोको प्रभावले तराईमा दुई वृद्धाको मृत्यु भएको छ । चिसोको कारण जलेश्वर नगरपालिका –७ बखरी निवासी ६५ वर्षीया दौलतिया देवी कापरको मृत्यु भएको हो ।

केही दिन देखि चिसोले बिरामी परेकी मृतक वृद्धा कापरलाई बुधबार बिहान जलेश्वर अस्पतालमा उपचार सम्भव नहुने भएपछि घर लगिएको केही घन्टापछि मृत्यु भएको परिवारले जनाएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका – ५ पर्सामा समेत एक वृद्धाको पनि मृत्यु भएको थियो । उनको पनि चिसोका कारण मृत्यु भएको स्थानिय तथा परिवारले बताएका छन् । तर, त्यसको पुष्टी भने हुन सकेको छैन ।

तराई मधेशमा चिसो बढ्दै गर्दा मृतकको संख्या समेत बढ्दै गएपनि अधिकांशलाई कानुनी प्रकिृया थाहा नहुँदा समेत चिसोले मर्नेको यकिन तथ्यांक बाहिरिन समस्या भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);