दूरसञ्चार कम्पनीहरुको अटेरीः ३ अर्ब राजस्व तिरेनन् | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

दूरसञ्चार कम्पनीहरुको अटेरीः ३ अर्ब राजस्व तिरेनन्

tax

काठमाडौं, ११ पुस । सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् ।

दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी रहेको यूटीएलले ७७ करोड ७९ लाख ७५ हजार ३ सय १२ रुपैयाँ बक्यौता बुझाएको छैन ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);